मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अशोकराज सिग्देल

प्रधानसेनापति सिग्देल स्वेदश फिर्ता 

प्रधानसेनापति सिग्देल स्वेदश फिर्ता 

सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान

आइतबार, मंसिर ३० २०८१
आइतबार, मंसिर ३० २०८१
  • काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सकी आज स्वदेश फर्किका छन् । 

    भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा यही मंसिर २६ गते भारत भ्रमणमा गएका प्रधानसेनापति शर्मा आज स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले  स्वागत गरे । 

    भारत भ्रमणको क्रममा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिन् । 

    भ्रमणको सिलसिलामा प्रधान सेनापति सिग्देल भारतको देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा मा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भए । उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका  अधिकृत क्याडेट प्रविन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरु मध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए ।

    प्रधान सेनापति महारथी सिग्देलले भारतका रक्षा मन्त्री श्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

    उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबिच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण हुने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार