मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सहकारीको रकम ठगी प्रकरण

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति 

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति 

लामिछानेलाई कात्तिक २ गते प्रहरीले रास्वपा पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरी पोखरा लगेको थियो । 

मंगलबार, पुस २ २०८१
मंगलबार, पुस २ २०८१
  • काठमाडौं । सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप चार दिन हिरासतमा रहने भएका छन् । 

    जिल्ला अदालत कास्कीले लामिछानेलाई आज थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । यस अघि उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले अभियोजन गर्दैछ । 

    लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार प्रहरीले बुझाएको छ । लामिछानेलाई कात्तिक २ गते प्रहरीले रास्वपा पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरी पोखरा लगेको थियो । 

    सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रविसहित पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबीको सहयोगी लिला पछाई र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतमा उपस्थित गराएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार