मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

तस्बीर सार्वजनिक प्रकरण

हिरासतमा रहेका रवि लामिछानेको तस्बीर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन 

हिरासतमा रहेका रवि लामिछानेको तस्बीर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन 

तस्बीर सार्वजनिक गरिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । 

बिहीबार , पुस ४ २०८१
बिहीबार , पुस ४ २०८१
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बीर सार्वजनिक भएको विषयलाई छानबीन गरी कारबाही गर्न निर्देशन दिएका छन् । 

    गृहमन्त्री लेखकले आईजीपी बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबीन गरी दोषी जो सुकै भए पनि कारबाही गर्न निर्देशन दिएका हुन् । रास्वपाका कार्यकर्ताहरुले बुधवार साँझ सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बीर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यस विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएको हो । 

    गृहमन्त्री लेखकले उक्त तस्बीरको विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए । 

    उनले भने, “यो विषयमा छानबिन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुखलाई निर्देशन दिएको छु । हिरासतमा रहेको दाबी गरिएको तस्बीरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।”

    तस्बीर सार्वजनिक गरिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार