मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

समाचार

सुर्खेतमा घरभित्र निसास्सिएर आमा–छोराको मृत्यु 

सुर्खेतमा घरभित्र निसास्सिएर आमा–छोराको मृत्यु 

मृत्यु हुनेमा ३० वर्षीया आमा देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती रहेका

बिहीबार , पुस ४ २०८१
बिहीबार , पुस ४ २०८१
  • सुर्खेत । सुर्खेतमा घरभित्र निसास्सिएर आमा–छोराको मृत्यु भएको छ । 

    जिल्लाको विरेन्द्रनगर नगरपालिका– ४ समावेशी टोलमा घरभित्र कोइलाबालेर सुतिरहेको अवस्थामा निसास्एिर आमा–छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

    मृत्यु हुनेमा ३० वर्षीया आमा देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती रहेका छन् । उनीहरुसँगै घरमा सुतेकी देवीसराका ९ वर्षीया छोरी रिया थापाको भने कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको जिल्ला प्हरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी विरेन्द्र विश्वकर्माले जानकारी दिए । 

    डिएसपी अनुसार घटना बुधवार रातीको भए पनि बिहिवार बिहान मात्र प्रहरीलाई खबर भएको थियो । “बेलुका खाना खाएर सुतेको देखिएको र बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई खबर आएको हो । घरबाट कोइला बालेर धुँवामा निसास्सिएको प्रारभिक रिपोर्ट छ,” डिएसपी विश्वकर्माले भने । 

    तीनै जनालाई अस्पताल पु¥याइएकोमा आमा र छोरालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार