काठमाडौं । आज आयोजित सद्भाव सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) का सचिव गणेश विकले प्यानलमा आफ्नो विचारहरु राखे । सामाजिक परिवर्तन केन्द्रले आयोजना गरेको सद्भाव सम्मेलनमा मोहना अन्सारी , मिना पौडेलसहितको सहभागिता रहेको थियो ।
नेता विकले राजनीति राजनीतिमा मात्रै केन्द्रित र गैसस गैससमा मात्रै केन्द्रित हुनाले परिवर्तनको कुराहरु अन्तरसम्बन्धित हुन नसकेको बताए । नेपाली समाजको मूल जड जात प्रथा नै भएको र जातले वर्गीय अवस्था देखाउने उनले बताए ।
उनले विविध प्रकारका उत्पीडन विरुद्ध एक हुन जरुरि रहेको आवश्यकता बारे वोल्दै सुदुरपश्चिममा जति धनि महिला भए पनि छाउपडी बस्नै पर्ने र त्यो छाउ बसेको उपल्लो जातको महिलाले पनि दलितलाई विभेद गर्ने हुनाले उत्पीडन विरुद्धको यात्रा गारो र एकदम मसिनो रहेको बताए ।
जनजातिहरुको मुद्दा पहिचानको र राष्ट्रियताको भए पनि दलितको मुद्दा डिग्निटीको रहेको प्यानलमा बताए । नेपालमा इन्क्लुजन सिकाउने डोनर र संस्थाहरु नै इन्क्लुजन हुन नसकेको तथ्यलाई उजागर गरे ‘उनीहरु हामीलाई इन्क्लुजन हुन पर्यो भन्छन तर कोहि कन्ट्री डिरेक्टर दलित छैनन् , मधेसी छैनन् , न्यून मात्रामा महिला छन् , सिभिल सोसाईटी सेक्टरमै महिलाको नेतृत्व ३५ प्रतिशत पुग्न सकेको छैन ’।
सम्मेलनको दोश्रो सत्रमा उनले प्यानल सेयर गरेका थिए। पछिल्लो समय भूमि सुधारको मुद्दा राजनीतिले छोडेर अहिले सिभिल सोसाइटीले बोकेको उनले बताए । कुनै निरङ्कुश शासकले दमन गर्यो भने मात्र पूर्ण सद्भाव रहन्छ नत्र समाजमा आफ्नो हक अधिकार माग्ने प्रक्रीया हुने र त्यसलाई सद्भाव बिगारेको अर्थमा बुझ्न नहुने नेता गणेश विकको भनाई थियो ।
प्यानलिस्ट गणेश विकले आफु सुदुरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्ष हुँदा महिला को शिर्षकमा ६०–७० लाख राख्न खोज्दा महिला हिंसा विरुद्धको अभियान जम्मा १६ दिने हुन्छ, १६ दिनमा कसरी ६० लाख खर्च गर्ने भन्दै बजेट पास गर्न नमानेको र बल्ल बल्ल ३० लाख कायम गरेको प्रसंग समेत सेयर गरेका थिए ।
उनले दलितको सरोकारवाला मन्त्रालय नै नभएको समेत बताए । निजि क्षेत्र पनि इन्क्लुजनलाई स्वीकार्न नसकेको अवस्था रहेको उनले बताए । आम रुपमै परिवर्तन स्वीकार्य नभएको हुनाले सद्भाव कायम हुन नसकेको उनको कथन थियो । जति परिवर्तन भए पनि त्यो पुरानै सत्ता र पुरानै उपल्लो जातिका लागी भएको भयो ।
अरुलाई नेता मान्ने तर दलित बाट नेता हुनेलाई दलित नेता, जनजाति बाट नेता हुनेलाई जनजाति नेता मान्ने तर समग्र नेता मान्न नसक्ने अर्थात अर्काको नेतृत्व स्वीकार्न नसक्ने प्रबृत्ति कथित उपल्लो जातिमा रहेको उनले बताए । उनले आफुलाई अहिलेको युवा पुस्ता र युवा नेता प्रगतिशील छन् भन्नेमा विश्वास नरहेको समेत बताए । पार्टीहरुले आफ्नो संगठन बाट काम नगरेर बाहिर एजेन्सी बाट गर्न थालेको विकृतिको चर्चा समेत उनले गरे ।
मानवअधिकार आयोग बनाउनु पर्छ भन्ने आफु पनि एकजना भएको तर हाल सम्म मानवअधिकार आयोगमा एकजना पनि दलित सदस्य हुन नसकेको विडम्बना रहेको नेता विकले बताए । । बाध्यकारी अवस्था नहुँदा सम्म समावेशी, समानुपातिकता मर्म अनुसार लागु हुन नसकेको अवथा उल्लेख गरे ।८० देखि ९० सम्म को दशकलाई दलित प्रतिवाद दशक बनाउ भनेर आफुले सुझाव दिएको समेत बताए ।
सद्भाव सम्मेलनमा देशैभरि बाट ७० जनाको उपस्थिति थियो । सहभागी मध्ये बाट विविध विषयमा प्रश्नहरु आएका थिए । सम्मेलन होटेल बसेरा बुटिकमा चलिरहेको छ ।
