मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

दुर्घटना

नवलपरासीमा माइक्रोबस र ट्रक आपसमा ठोक्किँदा २२ जना घाइते

नवलपरासीमा माइक्रोबस र ट्रक आपसमा ठोक्किँदा २२ जना घाइते

घाइते मध्ये ६ जनाको अवस्था गम्भिर

शुक्रबार, पुस ५ २०८१
शुक्रबार, पुस ५ २०८१
  • चितवन । पश्चिम नवलापरासीमा यात्रुवाहक माइक्रोबस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । 

    जिल्लाको सुनवल नगरपालिका– ७ अलकत्रे डाँडामा बर्दाघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठोक्किँएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठोक्किँएको हो । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको र उपचारको लागि रुपन्देहीको भुलही मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार