काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
शनिबार बिहान ४ बजेर १४ मिनेटमा पश्चिम नेपालको बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का धनगढी, कंचनपुर, दैलेख, सुर्खेत लगाएतका जिल्लाहरुमा समेत महसुस गरिएको जनाइएको छ ।
