काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १८४ रनको योगफल तयार गरेको हो ।
सुदूरपश्चिमका सैफ अली जैबले ७७ रनसहित उत्कृष्ट अर्धशतकीय इनिङ खेले । ४४ बलको सामना गरेका सैफले ८ चौका र ३ छक्कासहित ७७ रन जोडेर आउट भए ।
ओपनर विनोद भण्डारीले ४१ रनको योगदान दिए । २९ बलको सामना गरेका विनोदले एक चैका र २ छक्का प्रहार गरे ।
सुदूरपश्चिमका हर्मित सिंहले १४, ब्राण्डम म्याकमुलेमले १५ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऎरीले ९ रन बनाए ।
बलिङतर्फ जनकपुर बोल्टसका किशोर महतोले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ललित राजवंशीले र मोहम्मद मोहसिनले समान एक- एक विकेट लिए ।
