मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

 दीपेन्द्रले जिते कार, प्रतियोगिताको उत्कृष्ट बलर बने ललित 

 दीपेन्द्रले जिते कार, प्रतियोगिताको उत्कृष्ट बलर बने ललित 

‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’ विपीन शर्मा बने

शनिबार, पुस ६ २०८१
शनिबार, पुस ६ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी घोषित भएका छन् । उनले ओमोडा इभी कार पुरस्कार प्राप्त गरेका छन् ।

    त्यस्तै सिद्दार्थ बैंक प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैब पाए । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।प्रतियोगिताको सर्वोत्कृष्ट बलर ललित राजवंशी बने उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

    यस्तै, ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’ विपीन शर्मा बने । कर्णाली याक्सका १६ वर्षे युवा बलर विपीनले ५० हजार रुपैयाँ पुरस्कार पाए । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।

    त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । म्याक्सिमम चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् । फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार