मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सहकारी ठगी प्रकरण

रवि लामिछानेको सांसद पद निलम्बनमा 

रवि लामिछानेको सांसद पद निलम्बनमा 

अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले लामिछानेको सांसद् पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको

सोमबार, पुस ८ २०८१
सोमबार, पुस ८ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका सांसद् रवि लामिछानेको सांसद पद निलम्बित भएको छ । 

    सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धिकरणको कसुरमा समेत आइतबार अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले लामिछानेको सांसद् पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको हो । 

    प्रतिनिधिसभाका महासचिव पद्यप्रसाद पाण्डेले सूचना प्रकाशित गर्दै ‘मुद्धाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था अवगत गराएका छन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् हुन् । 

    जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारीको बचत हिनामिना लगायतका तीन वटा मुद्धा दायर गरेको थियो । 

    संविधानको धारा १०३ मा प्रतिनिधि सभाका कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परे सभामुखलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप आइतबार नै कास्की प्रहरीले संसद् सचिवालयलाई पत्र लेख्दै मुद्दा दर्ता भएको जानकारी गराएको थियो ।

    लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसको जानकारी जिल्ला प्रहरी कार्यालयले त्यसबेलै गरेको थियो । जानकारी पाएपछि संघीय संसद् सचिवालयले लामिछाने पक्राउ परेको सूचना निकालेको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार