मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

टेस्ट क्रिकेट

अष्ट्रेलियाविरुद्ध भारतका नितिश कुमारको शतक 

अष्ट्रेलियाविरुद्ध भारतका नितिश कुमारको शतक 

यस अघि पहिलो इनिङ्समा अष्ट्रेलिया ४७४ रन बनाएको थियो । 

शनिबार, पुस १३ २०८१
शनिबार, पुस १३ २०८१
  • काठमाडौं । अष्ट्रेलियाविरुद्धको चौथो टेस्ट तेस्रो दिन शनिबार भारतका ब्याटर नितिश कुमार रेड्डीले शतक प्रहार गरेका छन् । 

    अष्ट्रेलियाविरुद्ध जवाफी ब्याटिङमा खराब सुरुवात गरेको भारतका लागि नितिशले आज शतक प्रहार गरेका हुन् । १७२ बलमा नितिशले शतक पूरा गरे । १७६ बलको सामना गरेका नितिशले १० छक्का र एक छक्काको मदतमा १०५ रन जोडेर नटआउट छन् । 

    अष्ट्रेलियाविरुद्ध खराब सुरुवात गरेको भारतका लागि नितिश र वासिङटन सुन्दरले ८ औं विकेटका लागि उत्कृष्ट साझेदारी गरे । १६२ बलको सामना गरेका सुन्दरले ५० रन बनाएर आउट भए । 

    तेस्रो दिनको खेल समाप्ति हुँदा भारतले नितिश र सुन्दरको उत्कृष्ट साझोदारीमा ९ विकेटको क्षतीमा ३५८ रन जोडेको छ । भारतका लागि ओपनर यशश्वी जैसवालले ८२ रनको योगदान दिएका थिए । त्यस्तै विराट कोहलीले ३६, रिसव पन्त २८ र केएल रावलले २४ रन जोडेका थिए । 

    बलिङतर्फ अष्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्याण्डले समान ३–३ विकेट लिएका छन् भने नाथन लियोनले २ विकेट लिएका छन् । यस अघि पहिलो इनिङ्समा अष्ट्रेलिया ४७४ रन बनाएको थियो । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार