काठमाडौं । ११ औँ फाल्गुनन्द गोल्डकको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ ।
टाइब्रेकरमा मछिन्द्र क्लबलाई ५–४ गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । अन्तिम २ मिनेट सम्हालिन नसक्दा मच्छिन्द्र उपाधिबाट विमुख भयो । खेलको निर्धारित समय २ गोलको बराबरीमा टुंगिएको थियो ।
विजेता बनेको चर्च ब्वाइजले नगद १० लाख ५ सय ५५ रुपैयाँ र ट्रफी पाएको छ । उपविजेता मच्छिन्द्रले ५ लाख नगद र ट्रफी प्राप्त गरेको छ ।
