मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अपाङ्गता अभिमुखीकरण

अपाङ्गता अभिमुखीकरण तथा स्वयंसेवक परिचालन कार्यशाला सम्पन्न, १२ विद्यार्थी छनोट 

अपाङ्गता अभिमुखीकरण तथा स्वयंसेवक परिचालन कार्यशाला सम्पन्न, १२ विद्यार्थी छनोट 

सामाजिक भाव भएका स्वतस्फुर्त स्वयं सेवकको रुपमा कार्य गर्न इच्छुक १२ जना विद्यार्थीहरु छनौट

बुधबार, पुस १७ २०८१
बुधबार, पुस १७ २०८१
  • काठमाडौं । स्वयं अपाङ्गता भएका व्यक्तिहरूको प्रत्यक्ष नेतृत्व तथा संलग्नतामा स्थापित भइ अपाङ्गता मैत्री हुदै मानव मैत्री समाज निर्माण र सामुदायिक विकासको क्षेत्रमा कार्य गर्ने उद्देश्य लिएको अपाङ्गता ससक्तिकरण तथा सामुदायिक विकास केन्द्र, नेपाल पुतलीबजार नगरपालिका वडा नं १, स्याङ्जा ले आफ्ना गतिविधिहरु तिव्रताका साथ अगाडि बढाएको छ।

    यसै क्रममा पुतलीबजार नगरपालिका स्याङ्जा सँगको साझेदारीमा त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, स्याङ्जा बहुमुखी क्याम्पस, त्रिभुवन आदर्श नमुना माध्यामिक विद्यालय र मातृभुमी माध्यामिक विद्यालय गरी ४ वटा क्याम्पस–विद्यालयमा अपाङ्गता सम्बन्धी सचेतना अभियान सम्पन्न गरेको छ। ती कार्यक्रमबाट सामाजिक भाव भएका स्वतस्फुर्त स्वयं सेवकको रुपमा कार्य गर्न इच्छुक १२ जना विद्यार्थीहरु छनौट गरिएको छ । यसरी छनौट भएका स्वयंसेवकहरु संस्थाका पदाधिकारी सदस्यहरू र अपाङ्गता अगुवा गरी २५ जना को लागि अपाङ्गता अभिमुखीकरण तथा  परिचालन स्वयंसेवक कार्यशाला २०८१ पौष १२ र १३ गते सम्पन्न भएको थियो । 

    कार्यशाला को उद्घाटन गर्दै पुतलीबजार नगरपालिका स्याङ्जा का नगर प्रमुख तुलसी राम रेग्मी ले यस संस्थाको स्थापनामा को छोटो समयमै धेरै महत्वपूर्ण कार्यहरु गरिरहेको बताए । उनले पुतलीबजार नगरपालिका ले अपाङ्गता स्याहार भत्ता जस्ता अन्य स्थानीय तहहरूले नगरेका असल अभ्यास गरेको बताउँदै सो क्षेत्रमा क्रियाशिल संस्था र व्यक्तिहरूको रायका आधारमा  आवश्यक थप नीति निर्माण गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाए । 

    कार्यक्रममा नगर प्रवक्ता मनोज पौडेल, वडा नं १ का अध्यक्ष उत्तम प्रसाद श्रेष्ठ, सामाजिक विकास कार्यालय स्याङ्जा का प्रमुख जीवन पौडेल, वरिष्ठ पत्रकार भवानी अधिकारी,  लगायतका व्याक्तीहरुको उपस्थिती रहेको थियो।

    कार्यशाला को समापन तथा प्रमाणपत्र वितरण गर्दै नगर उपप्रमुख देवि अर्यालले यस संस्थाले नयाँ मोडल को अभियान सहित विद्यार्थीहरुलाई सामाजिक सेवामा प्रेरित गरेको मा खुसी व्यक्त गर्दै पुतलीबजार नगरपालिकाको तर्फबाट निरन्तरत सहयोग रहने बताए। समापन कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं १ का सदस्य बिण्णु कुमार श्रेष्ठ, स्याङ्जा अपाङ् समाज स्याङ्जा का वरिष्ठ उपाध्यक्ष नारायण भण्डारी लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

    467552123_1112804373637002_1149287954251306865_n.jpg

    471461948_628382673186855_2327786108013466431_n.jpg


     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार