काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक घटनाक्रम र सत्ता समिकरणको समिक्षा लगायतको विषयमा छलफल भएको जनाइएको छ ।
उनीहरुबीच प्रदेश सरकार र आगामी बजेटका साथै सरकारको नीति तथा कार्यक्रमको विषयमा पनि छलफल भएको बताइएको छ ।
