मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

यू–१९ महिला विश्वकप

यू–१९ महिला विश्वकपका लागि नेपाली टोलीको घोषणा

यू–१९ महिला विश्वकपका लागि नेपाली टोलीको घोषणा

पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको

शनिबार, पुस २० २०८१
शनिबार, पुस २० २०८१
  • काठमाडौँ । मलेसियामा हुने यु–१९ महिला विश्व कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

    आगामी ५ माघबाट सुरु हुने प्रतियोगिताका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो। क्यानले घोषणा गरेको टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को आयोजनामा आगामी जनवरी १८ देखि २ फेब्रुअरी (५–२० माघ) सम्म हुने प्रतियोगितामा नेपालसहित १६ देशले सहभागिता जनाउँदै छन्। प्रतियोगिता दोस्रो संस्करणमा नेपालको भने यो पहिलो सहभागिता हो। एसिया क्षेत्र छनोटको खेलमा युएईमाथि ८ विकेटको जित निकाल्दै नेपाल विश्व कपका लागि छनोट भएको थियो।

    नेपालका लागि भने कुनै पनि स्तरमा महिला टिमको पहिलो विश्वकप अनुभवका रुपमा यो खेल रहने छ। विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड रहेका छन्।

    नेपालले आफ्नो उद्घाटन खेलमा ५ माघमा बंगलादेशको सामना गर्नेछ। नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्नेछ। नेपाल र स्कटल्याण्डबीचको खेल माघ ७ गते हुँदा समूह चरणको अन्तिम खेलमा नेपालले ९ माघमा अस्ट्रेलियाको सामना गर्नेछ।

    समूह चरणपछि शीर्ष तीनमा रहने टिमले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्समा दुई समूह हुने छन्। ग्रुप १ मा समूह ‘ए’ का शीर्ष तीन राष्ट्र तथा समूह ‘डी’ का शीर्ष तीन देश रहँदा ग्रुप २ मा समूह ‘बी’ का शीर्ष तीन देश तथा समूह ‘सी’ का शीर्ष तीन राष्ट्र रहने छन्।

    सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिजजस्ता मुलुकसँग खेल्ने मौका पाउने छ। सुपर सिक्सबाट दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्ने छन्। दुई सेमिफाइनलका विजेताबीच २ फेब्रुअरी अर्थात २० माघमा फाइनल खेल हुनेछ।

    FB_IMG_1736003792607.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार