शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ 

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ 

गम्भीर घाइते भएका लिला बहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको

आइतबार, पुस २१ २०८१
आइतबार, पुस २१ २०८१
  • सिन्धुली । सिन्धुलीमा छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् । 

    आफ्नै छोरा ४९ वर्षीय माइला भन्ने लिला बहादुर पुर्कोटी सार्कीको हत्या गरेको आरोपमा हरिहरपुरगढी गाउँपालिका– ३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंह सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

    डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिला बहादुर गम्भीर घाइते भएका थिए । घटनाको सूचना पाएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    गम्भीर घाइते भएका लिला बहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार