मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पक्राउ पुर्जी

एमाले नेता पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी 

एमाले नेता पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी 

अनिल नेकपा (एमाले) का संघीय सांसद तथा संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव समेत हुन् ।

सोमबार, पुस २२ २०८१
सोमबार, पुस २२ २०८१
  • मोरङ । नेकपा (एमाले) मोरङका नेता अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

    जिल्ला अदालत मोरङले नेता पोखरेलविरुद्ध ठगी गरेको अरोपमा पक्राउ पुर्जी जारी गरेको हो । पोखरेलले एमबीबीएस पढाउन नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ असुली गरेको आरोप छ । 

    उक्त आरोपबारे उनीविरुद्ध ठगी तथा आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अनिल नेकपा (एमाले) का संघीय सांसद तथा संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव समेत हुन् । 

    ठगी गरेको आरोपमा अनुसन्धान गर्न उच्च अदालतले आदेश दिएपछि उनलाई ऋषिकेशले गत शुक्रबार जिम्मेवारीबाट हटाइसकेका छन् । प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनिललाई खोजी रहेको छ । 

    पोखरेलले आफ्नो पहुँच भएको भन्दै अग्नीसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबिबिएस डाक्टर पढाउने आश्वासन दिएको आरोप छ।

    ‘पोखरेलले मसँग भेटेर मेरी छोरीलाई एमबिबिएस डाक्टरी पढाउन मेरो पहुँच माथिसम्म पावर छ। म तपाईंको छोरीलाई डाक्टरी पढाउन, नाम निकाल्न होस्टलमा राख्न समेत वातावरण बनाइदिन्छु भनेर आश्वासन दिएका थिए,’ चौधरीको जाहेरीमा उल्लेख छ।

    विश्वासमा लिएर चौधरीले पटक–पटक गरी ३८ लाख ८० हजार रुपैयाँ पोखरेललाई दिएको पनि जाहेरीमा उल्लेख छ । रकम लिएपछि पोखरेलले काम आज भोली नै हुन्छ भनिरहे पनि चौधरीकी छोरीलाई एमबीबीएस पढ्न सहजीकरण गरिदिएनन् । पैसा पनि फिर्ता नगरेको जाहेरीमा उल्लेख छ । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार