मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

स्पष्टीकरण 

कुलमान घिसिङलाई उर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण 

कुलमान घिसिङलाई उर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण 

यस अघि पनि उर्जामन्त्री दीपक खड्काले कार्यकारी निर्देशक घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका थिए ।

सोमबार, पुस २२ २०८१
सोमबार, पुस २२ २०८१
  • काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । 

    केही समय अगाडी पनि निर्देशक घिसिङलाई स्पष्टीकरण सोधेको मन्त्रालयले फेरि ‘तपाईलाई पदबाट किन नहटाउने’ भन्दै घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोधेको जनाइएको छ । 

    ट्रान्सफर्मर खरिदको विवरण उपलब्ध नगराएको, मन्त्रीपरिषद्का निर्णय अवज्ञा गरेको, सरकारले गठन गरेको जाँचबुझ समितिलाई सहयोग नगरेको, सञ्चालक समितिको माइन्युटमा नोट अफ डिसेन्ट लेखेको लगायतका विषयमा उर्जा मन्त्रालयले निर्देशक घिसिङलाई जवाफ मागेको जनाइएको छ । 

    त्यस्तै, कार्यसम्पादनमा कम अंक प्राप्त गरेकोजस्ता विषय स्पष्टीकरण पत्रमा सोधिएको छ । यी प्रश्नको जवाफ पठाउन सरकारले घिसिङलाई सातदिनको समय दिएको छ । चित्तबुझ्दो जवाफ नआए कानुनअनुसार हुने पत्रमा लेखिएको छ ।  

    यस अघि पनि उर्जामन्त्री दीपक खड्काले कार्यकारी निर्देशक घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार