काठमाडौं । मंगलावार बिहानै काठमाडौं लगायत देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ७ रेक्टर स्केलको भूकम्प मापन भएको छ ।
नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।
