जनकपुरधाम । जनकपुरको होटल होलिडे एण्ड गेष्ट हाउसमा एक पुरुष र महिला मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका– ३ का ३१ वर्षिय हितेन्द्र पासवान र सोही ठाउँ माइत भएकी लोहरपट्टी गाउँपालिका– ४ की २५ वर्षीया प्रियंका कापर रहेकी छन् । उनीहरु झुण्डिएको अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन आवले जानकारी दिए ।
होटलको कोठाभित्र ती महिलाकी २ वर्षीया छोरी रोएको आवाज सुनिएपछि होटल सञ्चालकले झ्यालबाट हेर्दा पुरुष र महिला झुण्डिएको देखेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको थियो । घटनास्थलमा मुचुल्का उठाएर उनीहरुको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको जनाइएको छ ।
