शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

गैँडाको खाग सहित एक जना पक्राउ

गैँडाको खाग सहित एक जना पक्राउ

पक्राउ पर्नेमा भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम रहेका

बिहीबार , पुस २५ २०८१
बिहीबार , पुस २५ २०८१
  • झापा । मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तु सहित एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले गेस्ट हाउसको १०२ नम्बरको कोठा तलासी गर्दा १ किलो ७ सय ग्राम तौलको गैँडाको खाग जस्तो देखिने वस्तु १ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम, नियन्त्रित लागूऔषध PYEEVON SPAS PLUS १ सय ४४ ट्याब्लेट, डिजिटल तराजु १ थान र मोबाइल २ थान फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार