काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबारको मूल गेट अगाडीको पृथ्वीनारायण शाहको शालिकमा पौडेलले आज माल्यार्पण गरेका हुन् ।
प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । वि.स. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि. स. १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए ।
