मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मानव अधिकार तथा सामाजिक न्याय मञ्च

मानवअधिकार तथा सामाजिक न्याय मञ्च धादिङको अध्यक्षमा गिता खनाल निर्वाचित

मानवअधिकार तथा सामाजिक न्याय मञ्च धादिङको अध्यक्षमा गिता खनाल निर्वाचित

समाजिक न्याय र मानवअधिकारका लागि पैरवी र प्रवर्धन गर्नुपर्ने बताए ।

आइतबार, पुस २८ २०८१
आइतबार, पुस २८ २०८१
  • काठमाडौं । पहिलो पटक महिला नेतृत्वलाई अध्यक्षमा निर्बाचित गर्दै मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) धादिङको अधिबेसन धादिङवेसीमा सम्पन्न भएको छ ।

    चौथो जिल्ला अधिवेशनले अध्यक्षमा सहयात्री समाज नेपालका अध्यक्ष गिता खनाल सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित खनाल विगत लामो समयदेखी मानवधिकार, सामाजिक न्याय, समानता, महिला शशक्तिकरणको क्षेत्रमा कृयाशिल छन ।

    अधिवेशनले उपाध्यक्षमा धर्मराज सिलवाल, बिमला गिरी, सचिवमा जिवन सिलवाल, सहसचिवमा , कोषाध्यक्षमा कविता यस्माली मगर, निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा नवराध धिताल, रञ्जीता रेग्मी, विश्व प्रजा, र अच्युत खतिवडालाई निर्वाचित गरेको छ ।

    अधिवेशनको मानवअधिकार एलाएन्स केन्द्रीय सदस्य गुणराज खतिवडाले उद्घाटन गर्दै समाजिक न्याय र मानवअधिकारका लागि पैरवी र प्रवर्धन गर्नुपर्ने बताए ।

    अधिवेशनलाई नेकपा एमाले बागमती प्रदेश सदस्य खिलकुमारी तिवारी, मानवअधिकार एलाएन्स बागमती प्रदेश अध्यक्ष श्यामचन्द्र श्रेष्ठ, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, लगायतले शुुभकामना व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार