काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ। बयान सकिए पनि थुनछेक बहस नभएपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो । बयान सकिएलगत्तै थुनछेक बहस गराउने लामिछाने पक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहे ।
बयान सकिएपनि आज थुनछेक बहस भने सुरू भएन । उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिएको छ । गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख धरौटी बुझाएकार रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए । काठमाडौं जिल्ला अदालतमा आज बहस भए पनि थुनछेक बहस भने अब भोली बिहान ११ बजेबाट सुरु हुनेछ ।
