काठमाडौं । महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरिएको छ ।
महान्यायाधीवक्ता रमेश वडालले आज शितलनिवासस्थित राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेल समक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । वडालले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्धाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका कामहरु अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवम् मुद्धाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताए।
