मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

प्रतिवेदन पेश

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

वडालले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका

आइतबार, पुस २८ २०८१
आइतबार, पुस २८ २०८१
  • काठमाडौं । महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरिएको छ । 

    महान्यायाधीवक्ता रमेश वडालले आज शितलनिवासस्थित राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेल समक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । वडालले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्धाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका कामहरु अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवम् मुद्धाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताए।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार