मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सहकारी ठगी प्रकरण

धरौटी बुझाएर रिहा भए रवि लामिछाने 

धरौटी बुझाएर रिहा भए रवि लामिछाने 

चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको

बुधबार, माघ २ २०८१
बुधबार, माघ २ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । 

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजालसले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको उक्त आदेश पश्चात् लामिछानेले बैंक ग्यारेन्टीमार्फत रकम बुझाएर रिहा भएका हुन् । 

    सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई यस अघि जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा रिहा गरेको थियो । त्यसपछि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणबारे बयान दिन जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । 

    काठमाडौं जिल्ला अदालतमा भएको बयान र बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

    जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । अदालतको आदेशपछि रिहा भएका लामिछानेले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिए । 

    उनले आफू न्याय प्रक्रियामा सघाउन आएको र अदालतप्रति सम्मान रहेको बताए । ‘यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ,’ रविले भने ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार