मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

इरान

इरानमा सर्वोच्च अदालतका २ न्यायाधीशको हत्या

इरानमा सर्वोच्च अदालतका २ न्यायाधीशको हत्या

आक्रमणकारीले आत्महत्या गर्नुअघि न्यायाधीशहरूलाई लाइभ राउण्ड गोली हानेको बताएको

शनिबार, माघ ५ २०८१
शनिबार, माघ ५ २०८१
  • एजेन्सी । इरानको सर्वोच्च अदालतको मुख्यालयमा भएको आक्रमणमा इरानी सर्वोच्च अदालतका दुईजना प्रमुख न्यायाधीशहरु मारिएका छन् ।

    मारिनेहरुमा इरानको सर्वोच्च अदालतका न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह रहेको आधिकारिक न्यायपालिका स्रोतले जनाएको छ । तेहरानको न्याय दरबारमा भएको आक्रमणमा तेस्रो न्यायाधीश पनि घाइते भएका र उनको उपचार भैरहेको छ ।

    आक्रमणको कारण स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानले आक्रमणकारीसँग अदालतमा मुद्दा नरहेको पाइएको र अन्य कुनै सम्बन्ध पनि नरहेको जनाइएको छ ।

    न्यायपालिकाको प्रेस सेवाले गोलीबारी पछि आक्रमणकारीले आत्महत्या गरेको रिपोर्ट गरेको छ, यद्यपि यो पुष्टि भएको भैसकेको छैन । सर्वोच्च अदालत इरानको सर्वोच्च न्यायिक प्राधिकरण हो, जसको प्रमुख सर्वोच्च नेताद्वारा नियुक्त हुन्छ।

    तेहरानमा मुख्यालय रहेको, यसको देशभर शाखाहरू छन्। अन्य इरानी मिडिया रिपोर्टहरूले भनेका छन् कि अपराधी एक "घुसपैठ सुरक्षा बल" को सदस्य थिए । जसले पहिले एक अंगरक्षकलाई चक्कुले घाइते बनाएर, उनीहरूको हतियार जफत गरेर हत्या गरेका थिए ।

    इरानको अर्धआधिकारिक मेहर समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै आक्रमणकारीले आत्महत्या गर्नुअघि न्यायाधीशहरूलाई लाइभ राउण्ड गोली हानेको बताएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार