मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता हुने

कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता हुने

बागीपाेस्ट संवाददाता
बुधबार, वैशाख १२ २०८१

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आज द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

मंगलबारदेखि दुईदिने नेपाल भ्रमणमा काठमाडौं आएका कतारी राजा अमिरले आज प्रधानमन्त्रीसंग भेटबार्ता गर्न लागेका हुन । प्रधानमन्त्री प्रचण्डसंगको वार्तापछि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागि हुनेछन् ।

आफ्नो दुईदिने राजकीय नेपाल भ्रमणमा आएका कतारी राजालाई हिजै राष्ट्रपति पौडेलले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए  । 

आफ्नो दुईदिने नेपाल भ्रमण सकाएर कातारी अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्किने छन्  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार