मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मुक्का प्रहार

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापामाथि मुक्का प्रहार

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापामाथि मुक्का प्रहार

घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भैरहेको

शनिबार, माघ ५ २०८१
शनिबार, माघ ५ २०८१
  • विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापामाथि आक्रमण भएको छ । झापाको दोमुखाबाट बिर्तामोड फर्कने क्रममा उनीमाथि कुटपिट भएको हो ।

    शनिबार साँझ सुरुंगाको जुकेखाडी पुलनजिकै आक्रमण भएको थापासँगै गाडीमा सवार कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा शनिबार बेलुका करिब ७ बजे कनकाई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट हुँदा थापाको आँखामा चोट लागेको हुमागाईंले बताए ।

    बा १ झ ६५३ नम्बरको गाडीमा आउँदै गरेका थापामाथि बा १ झ १८७० मा सवार व्यक्तिले आक्रमण गरेका थिए । साँघुरो बाटोमा गाडी ‘ओभरटेक’ गर्न खोजेपछि थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए । थापा बिर्तासिटी अस्पतालमा भर्ना भएका छन् ।

    घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भैरहेको बिर्तामोड प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार