कैलाली । धनगढी उपमहानगरपालिका– ४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका– ५ हसनपुर बस्ने भारत पलिया घर भएका १७ वर्षीय किशोर सहित २ जना रहेका प्रहरीले जनाएको छ । उनीहरुलाई सोमबार बिहान पक्राउ गरिएको हो ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ ।
