मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

वकिल कुटपिट प्रकरण

अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक महिला पक्राउ

अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक महिला पक्राउ

माघ २ गते त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौंको दक्षिण गेट बाहिर कुटपिट भएको

सोमबार, माघ ७ २०८१
सोमबार, माघ ७ २०८१
  • काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका– ४ घर भइ काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई छिन्। उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।

    माघ २ गते त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौंको दक्षिण गेट बाहिर कुटपिट भएको थियो । प्रहरीले यसअघि कुटपिटको आरोपमा ललित केसी र हुम्लाको अदानचुली गाउँपालिका–४ घर भइ काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भनिने महेन्द्र पाण्डेलाई पक्राउ गरेको थियो । 

    पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार