काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज द्विपक्षीय भेटवार्ता हुने भएको छ ।
मंगलबारदेखि दुईदिने नेपाल भ्रमणमा काठमाडौं आएका कतारी राजा अमिरले आज राजा थानी बसेकै होटेल सोल्टीमा प्रधानमन्त्री प्रचण्डसँग भेटबार्ता गर्नलागेका हुन ।
प्रधानमन्त्री प्रचण्डसँगको वार्तापछि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम हुने छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुने छ ।
महान्यायाधिवक्ताको कार्यलय, नेपाल र कतारको सरकारी समाचार एजेन्सी, शिक्षा र संस्कृति आदानप्रदान गर्ने विषय, ईन्स्टिच्युट अफ फरेनअफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदानप्रदानमा हस्ताक्षर कार्यक्रम हुनेछ ।
नेपालले कतारलाई हात्ति उपहार दिने सम्झौतामा भने आज सम्झौता हुने छैन । अन्तरास्ट्रिय कानुनको प्रक्रिया पुरा गर्नुपर्ने भएकाले हात्ति उपहार दिने सम्झौतामा आज हस्ताक्षर नहुने प्रवक्ता राईले बताए । हात्ति उपहार दिने सम्झौता आजै नभए पनि प्रधानमन्त्री प्रचण्डले हात्ति उपहार दिने घोषणा गर्ने प्रवक्ताले बताए ।
होटेल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले होटेल द्वारिकाजमा आयोजना गरेको दिवाभोजमा कतारका अमिर सहभागी हुने कार्यक्रम रहेको छ।
आफ्नो दुईदिने राजकीय नेपाल भ्रमणमा आएका कतारी राजालाई हिजै राष्ट्रपति पौडेलले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए ।
आफ्नो दुईदिने नेपाल भ्रमण सकाएर कातारी अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
