काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन रहेको बताएका छन् ।
शुक्रबार पाल्पाको तिनाउँ गाउपालिकाको देभानस्थित प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकार परिवर्तन हुन्छ भनेर गरिएको हल्ला अर्थहीन रहेको बताए ।
उनले भने, “सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्नुस् । नेकपा (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमति बमोजिम अघि बढ्छ ।”
