कैलाली । धनगढी उपमहानगरपालिका– ३ भन्सार नजिकबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
नाइट्राभेट ६ ट्याबलेट र स्पास ८ ट्याबलेट सहित डडेल्धुरा अजयमेरू गाउँपालिका– ३ भद्रपुर बस्ने २२ वर्षीय जनक पन्तलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
