मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

विकासको रफ्तारलाई तीव्रता दिएर नयाँ रेकर्ड राखौं : प्रधानमन्त्री 

विकासको रफ्तारलाई तीव्रता दिएर नयाँ रेकर्ड राखौं : प्रधानमन्त्री 

एउटै कानुनी व्यवस्था राखेर चाहे अनुसारको विकासको काम गर्न नसकिने प्रधानमन्त्री ओलीको भनाई

शुक्रबार, माघ १८ २०८१
शुक्रबार, माघ १८ २०८१
  • काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ कानुन निर्माण गरेर विकासको रफ्तारलाई तीव्रता दिएर नयाँ रेकर्ड राख्नेमा विश्वस्त रहेको बताएका छन् । 

    शुक्रबार प्रतिनिधिसभाको पाँचौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो दिनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको हितमा, राष्ट्रलाई अलमलबाट तीव्र गतिको विकासमा लैजान कोही प्रतिपक्ष हुनुपर्ने बताए । 

    उनले भने, “सदनमा हामी कोही सरकार पक्ष छौं । कोही प्रतिपक्ष छौं । जनताका हितमा राष्ट्रलाई अलमलबाट तिव्र गतिको विकासमा लैजान कोही प्रतिपक्ष हुँनैपर्छ ? संसद्को यस अधिवेशनले आवश्यक कानून दिएर विकासको रफ्तारलाई तीव्रता दिन नयाँ रेकर्ड राख्नेछ भन्ने विश्वास गर्दछु ।”

    २०८० को दशक समृद्धिको दशक हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले अबको दशक विकासको दशक र देशलाई स्थिरता दिनुपर्ने बताए । 

    उनले भने, “२०५० को दशक एक अन्यौल र गन्जागोलको समय भन्दा फरक फरक पर्दैन। यसलाई बहुदलीय व्यवस्थाविरुद्ध हिंसाको दशक पनि भन्न सकिएला। यो दशक राजनीतिक अस्थिरता, अनिश्चितता र गञ्जागोलले भरिएको दशक थियो। ८० को दशक समृद्धिको दशक हुनु पर्छ। यो समयलाई खेर नफालौं। अबको दशकलाई विकासको दशक बनाऔं र देशलाई स्थिरता दिऔं।”

    एउटै कानुनी व्यवस्था राखेर चाहे अनुसारको विकासको काम गर्न नसकिने प्रधानमन्त्री ओलीको भनाई रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार