मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सहकारी ठगी प्रकरण

अध्यक्ष रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश 

अध्यक्ष रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश 

गत पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जना कोइराला भने अदालतले धरौटीबापत मागेको १० लाख बुझाएर छुटेकी

आइतबार, माघ २० २०८१
आइतबार, माघ २० २०८१
  • मोरङ । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । 

    आइतबार जिल्ला अदालत मोरङका न्यायाधीश अरुण कुमार झाको इजलासले रौनियारलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । आदेश लगत्तै रौनियारलाई कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । 

    मोरङको धनपाल गाउँपालिका– ४ स्थित कर्षिया बजमारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका बचतकर्ताहरुको करम अपचलन गरेको अरोप लागेका रौनियार सहकारीको कार्यालय बन्द गरेर फरार भएका थिए । माघ १४ गते उनी आफै अदालतमा हाजिर भएका थिए । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाएको थियो । 

    रौनियारसँगै संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जना कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलन सम्बन्धी मुद्दा अदालतमा दर्ता भएको थियो । 

    गत पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जना कोइराला भने अदालतले धरौटीबापत मागेको १० लाख बुझाएर छुटेकी थिइन् । सोही सहकारीको रकम अपचल सम्बन्धीको एउटै मुद्दामा सहकारीका अध्यक्ष रौनियार भने आज पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार