शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

मदन राईलाई बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद सजाय 

मदन राईलाई बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद सजाय 

अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते पक्राउ

शुक्रबार, माघ २५ २०८१
शुक्रबार, माघ २५ २०८१
  • काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई अदालतले सजाय सुनाएको छ ।

    जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना तोकेको हो । 

    त्यस्तै राईले पीडित राहत कोषमा समेत ४ हजार रुपैयाँ दाखिला गर्नुपर्ने छ । न्यायाधीश दाहालको इजलासले गत माघ १० गते राईलाई दोषी ठहर गरेको थियो ।

    आफैंले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालत खोटाङबाट जेठ २२ गते चार लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । धरौटीमा छुटे पनि फाउन्डेसनमा जान भने राईलाई रोक लगाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार