शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

बालक अपहरण गरी बन्धक बनाउने व्यक्ति पक्राउ

बालक अपहरण गरी बन्धक बनाउने व्यक्ति पक्राउ

ल्यापटप १ थान, नक्कली भारतीय आधारकार्ड २ थान, बसको टिकट १ थान र चक्कु १ थान समेत बरामद

आइतबार, माघ २७ २०८१
आइतबार, माघ २७ २०८१
  • काठमाडौं ।  बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने भियतनाम चाईवाङ सिटी घर भएका भियतनामी नागरिक Mai Hoang Kinh Laun लाई प्रहरीले पक्राउ गरेको छ । 

    ललितपुर पाटनबाट ४ वर्षीय बालक बिहीबार राति देखि हराएको भनी पीडितको आमाले उजुरी दिएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित इलाम मेची गेष्ट हाउसको कोठा नम्बर १०७ मा बालकलाई अपहरण गरी बन्धक बनाई राखेको अवस्थामा फेला पारी अपहरण कार्यमा संलग्न रहेका Mai Hoang Kinh Laun लाई पक्राउ गरेको हो ।  

    साथै प्रहरीले उनको साथबाट भियतनामी मुद्रा २० हजार, मोबाइल ३ थान, ल्यापटप १ थान, नक्कली भारतीय आधारकार्ड २ थान, बसको टिकट १ थान र चक्कु १ थान समेत बरामद गरेको छ ।  

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार