काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड’ ले संविधान संशोधनको जामा लगाएर निकास नआउने बताएका छन् ।
आइतबार संविधान निगरानी समूहले काठमाण्डौंमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रदेश र उत्पीडित समुदायलाई अधिकार नदिने हो भने संविधान संशोधनको जामा लगाएर निकास नआउने बताए ।
उनले भने, “उत्पीडित समुदायलाई अधिकार नदिने हो भने संविधान संशोधनको जामा लगाएर निकास आउँदैन् । संविधान संशोधन गर्न उहाँहरु (एमाले–कांग्रेस) सँग योजना पनि छैन् । राजनीतिक स्थायित्व र शान्ति प्रक्रिया टुंगोमा पुग्नको लागि ठूला दलहरु मिल्नुको विकल्प छैन । नभए जनता चरम निराशामा छन् ।
वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार संविधानसम्मत नभएको अध्यक्ष प्रचण्डको भनाई रहेको छ ।
फरक प्रसंगमा बोल्दै उनले आफूले देशमा फेरी अर्काे विद्रोहको आवश्यक भएको महसुस गरेको बताए । “देशले फेरी अर्काे विद्रोहको आवश्यक भएको मैले महसुस गरेको छु । अहिले म विद्रोहमा पुगे भन्ने निष्कर्षमा भने पुँगेको होइन् ।”
