काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति, काठमाडौंका अध्यक्ष हस्त बिकले बुधवार शंखरापुर नगरपालिका– ५ स्थित सत्य साई ऎकेडेमीका विद्यार्थीहरु नगरकोट पिकनिक गएको बेला फर्कने क्रममा भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
अध्यक्ष विकले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी तीन जना विद्यार्थीको निधन भएकोमा आफूहरुको संगठन अखिल (क्रान्तिकारी) स्तब्ध भएको उल्लेख गरेका छन् । उनले मृतक विद्यार्थी र शिक्षक प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना सहित घाईते विद्यार्थी शिक्षकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
भाडाका गाडिहरु चलाउने उमेर नपुगेका भर्खरको युवालाई गाडी चलाउन दिने प्रक्रियाले विद्यार्थीहरुले हैरानी मात्र बेहोर्नु परेको उनले बताए । उनले घाईते शिक्षक एवम विद्यार्थीहरुको उपचारको उचित व्यवस्था एवम मृतकहरुको परिवालाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
“पछिल्लो पटक स्कुलहरुमा धेरै पुराना गाडीहरु एवम् आफुलाई कर तिर्न नपरोस् भनेर भाडाका गाडीहरु चलाउने उमेर नपुगेका भर्खरको युवालाई गाडी चलाउन दिने प्रक्रियाले विद्यार्थीहरुले हैरानी मात्र बेहोर्नु परेको छैन । दुःखद घटनाहरु पनि घटिरहेका छ्न । अब उपरान्त यस्ता घटनाहरु नदोहोरिउन साथै घाईते शिक्षक एवम विद्यार्थीहरुको उपचारको उचित व्यवस्था एवम मृतकहरुको परिवालाई क्षतिपूर्तिको व्यवस्था गर्नको लागि हाम्रो संगठन अखिल (क्रान्तिकारी) समन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,” अध्यक्ष विकद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बुधवार संङखरापुर नगरपालिका– ५ स्थित सत्य साई ऎकेडेमी का विद्यार्थीहरु नगरकोट पिकनिक गएको बेला फ्रकने क्रममा बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा मोरङ उर्लाबारी नगरपालिका– ७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकका– १४ वर्षीया शुशाङ्का डोटेल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका– ७ का शिक्षक २४ वर्षीय सुरेश तामाङको मृत्यु भएको थियो ।
