मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बेलुन विष्फोट प्रकरण

बेलुनमा हाइड्रोजन ग्यास भर्ने कमलेसलाई हाजिरी जमानीमा छाड्न आदेश

बेलुनमा हाइड्रोजन ग्यास भर्ने कमलेसलाई हाजिरी जमानीमा छाड्न आदेश

बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन बिस्फोट भएको

बिहीबार , फागुन ८ २०८१
बिहीबार , फागुन ८ २०८१
  • काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिकलाई हाजिरी जमानीमा छाड्न आदेश भएको छ। 

    जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ परेका ४१ वर्षीय कमलेस कुमारलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकारी बसन्त शर्माले जानकारी दिए।

    गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन बिस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरिएको थियो।

    हाइड्रोजन भरिएको बेलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखराका मेयर आचार्य आज डिस्चार्ज भएका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार