काठमाडौं । वेस्ट इन्डिज ‘ए’ क्रिकेट टोली नेपाल आइपुगेको छ ।
नेपालसँगको ५ टि– २० खेलको सिरिज खेल्नको लागि वेस्ट इन्डिज ‘ए’ क्रिकेट टोली बुधवार नेपाल आइपुगेको हो । रोस्टन चेको कप्तानीमा सिनियर टिमबाट खेलिसकेका १२ खेडालीसहितको वेस्ट इन्डिज ‘ए’ को टोलीसँग नेपालले ५ वटै खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ ।
नेपाल आएको वेस्ट इन्डिज ‘ए’ क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का अधिकारीहरुले स्वागत गरेका थिए । वेस्ट इन्डिज ‘ए’ अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने सबैभन्दा उच्च स्तरको टोली हो । यस अघि एसोसिएट राष्ट्रका प्रमुख दुई टोली नेदरल्याण्डस् र स्कटल्याण्ड नेपाल आइसकेका छन् ।
वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने पाँच खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ ।
