काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्याचमारीबीचको खेल बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा भएको २–२ गोलको बराबरीमा नै सकिएको हो । फाइनल खेल बुधवार हुनेछ । पहिलो हाफमा २–२ गोल गरेका दुवै टोलीले दोस्रो हाफमा कुनै पनि गोल गर्न सकेनन् ।
खेलको छैटौँ मिनेटमा म्यानमारकी म्याट नोए खिनले गोल गर्दै पहिलो अग्रता लिएकी थिइन् । उनले प्रहार गरेको प्रहार नेपालकी अन्जना रानामगरले रोक्न नसक्दा गोलमा परिणत भएको थियो ।
खेलको ११औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । उनले सवित्रा भण्डारीको पासमा डिबक्सबाट गोल गरेकी थिइन् । पुनः खेलको १६औ मिनेटमा म्यानमारकी मे लुले चेस्ले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।
खेलको ४१ औं मिनेटमा सावित्राले गोल गर्दै नेपालको तर्फबाट दोस्रोपटक बराबरी गोल फर्काएकी थिइन् ।यस पटक प्रिती राईको पासमा सावित्राले नेपाललाई खेलमा फर्काकी थिइन् ।
यो सँगै दुवै टोलीले एक–एक अङ्क बाडेका छन् । ७–७ अङ्कसहित म्यानमार पहिलो र नेपाल दोस्रो स्थानमा रहेका छन् । गोल अन्तरका आधारमा म्यानमार शिर्ष स्थानमा छ । फाइनल खेल बुधवार हुनेछ ।
