शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

लाल मोहम्मद हत्या प्रकरण

टोखामा गोली हानेर समातिए लाल मोहम्मद हत्या प्रकरणका सुटर

टोखामा गोली हानेर समातिए लाल मोहम्मद हत्या प्रकरणका सुटर

स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु परेपछि उनी घाइते

आइतबार, फागुन १८ २०८१
आइतबार, फागुन १८ २०८१
  • काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गोली हानी पक्राउ गरेका व्यक्ति दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको छ ।

    कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार, टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर हुन् । करणका फरार आरोपीलाई खोजी गरिरहेको प्रहरी टोलीले उनी नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा पटेलले प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको उनले बताए ।

    उनका अनुसार, प्रहरीले सुरूमा दुई राउण्ड हवाई फायर गरेको थियो । यद्यपि, स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु परेपछि उनी घाइते भएको बस्नेतले बताए ।

    गुड्डु भारतीय नागरिक हुन् । २०७९ असोज ३ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । उनको हत्यामा गुड्डु सुटरको भूमिकामा रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘लाल मोहम्मदको हत्या गर्दा गोली प्रहार गर्ने दुई जना मध्ये डुड्डु एक हुन् ।’

    उनलाई पक्राउ गर्न प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर र भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको बताइएको छ ।  २०८१ वैशाख १७ मा पर्साको वीरगन्जबाट मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई पक्राउ गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार