शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

जबरजस्ती करणीको आरोपमा प्रहरी जवान पक्राउ 

जबरजस्ती करणीको आरोपमा प्रहरी जवान पक्राउ 

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत प्रहरी जवान नविन यादव रहेका

आइतबार, फागुन १८ २०८१
आइतबार, फागुन १८ २०८१
  • काठमाडौं । सिरहामा जबरजस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका एक जना जवान पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत प्रहरी जवान नविन यादव रहेका छन् । यादवलाई सिरहा प्रहरीले पक्राउ गरेको हो । प्रहरी जवान यादवले आफूलाई बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । 

    उजुरी पछि यादवलाई गत १५ गते नै पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार