काठमाडौं । नेपाल र कतारबीच द्धिपक्षीय लगानी समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेतृत्वको प्रतिनिधिमण्डलबीचको वार्ता सम्पन्न भएपछि होटल सोल्टीमा समझदारी र सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाल सरकार र कतारबीच लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी भएको हो । थप २ वटा विषयमा पनि सम्झौता भएको र ती दुई क्ष्विषयमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ । युवा तथा खेलकुद सहयोग, महान्यायाधिवक्ताको कार्यलय, नेपाल र कतारको सरकारी समाचार एजेन्सी, शिक्षा र संस्कृति आदानप्रदान गर्ने, ईन्स्टिच्युट अफ फरेनअफेयर्ससँग सम्बन्धित विषयका सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमति पत्रमा नेपालको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका छन् । कतारी राजा बीनको दुई दिने राजकीय भ्रमणको दोस्रो दिन नेपाल र कतारबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
