काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएसँगै शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
शाक्य यसअघि पनि प्रधानमन्त्री केपी ओलीको पालामा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।
