मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ 

राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ 

आन्दोलन हिंसामा परिणत भएपछि एक आन्दोलानकारी र पत्रकारसहित दुई जनाको मृत्यु समेत भएको

शुक्रबार, चैत १४ २०८१
शुक्रबार, चैत १४ २०८१
  • काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।

    प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।

    उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले उनीहरूलाई पक्राउ गरेर राखिएको पुष्टि गरे । अस्पतालका घाईतेहरुलाई भेटेर फर्किने क्रममा आफूहरुलाई नियन्त्रणमा लिइएको वरिष्ठ उपाध्यक्ष मिश्रले बताए । 

    राजावादीहरुले आज काठमाडौंको तीनकुनेमा राजसंस्था पुनःस्थापनाका लागि गरेको आन्दोलन हिंसामा परिणत भएपछि एक आन्दोलानकारी र पत्रकारसहित दुई जनाको मृत्यु समेत भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार