शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

धर्मगुरु पुष्कर खतिवडा पक्राउ

धर्मगुरु पुष्कर खतिवडा पक्राउ

हिंसात्मक प्रदर्शनका क्रममा धर्मगुरु खतिवडाले ढुङ्गा हान्दै अरुलाई पनि ढुङ्गा हान्न उक्साएको आरोप

शनिबार, चैत १५ २०८१
शनिबार, चैत १५ २०८१
  • काठमाडौँ । धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन्। उनलाई प्रहरीले शनिबार बिहान ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो।

    शुक्रबार तिनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा धर्मगुरु खतिवडाले ढुङ्गा हान्दै अरुलाई पनि ढुङ्गा हान्न उक्साएको आरोपमा उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।  

    आन्दोलनका क्रममा धर्मगुरु खतियोडाली ढुङ्गा हान्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।

    प्रहरीले यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र महामन्त्री धवल शमशेर राणा र राजसंस्था पुनर्स्थापना संघर्ष समितिका प्रवक्ता स्वागत नेपाल सहितलाई पक्राउ गरिसकेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार